सुरु भो नाडा अटो शो, ३६ ब्राण्ड प्रदशनीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 30, 2016 | 01:14:48 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीमा नेपाल अटोमोबाइल्स् डिलर्स एशोसियशन (नाडा)को आयोजनामा गाडीको मेला सुरु भएको छ। उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको 'नाडा अटो शो' को उद्घाटन गरे।

सवारी साधनमा पछिल्लो समय भएका विकासबारे जानकारी गराउने प्रमुख उदेश्य सहित सुरु भएको मेला भदौ १४ देखि सुरु १९ गतेसम्म चल्ने छ ।    

गाडी नै गाडीको उक्त मेलामा फोर्ड, होन्डा, हुन्डाई, महिन्द्रा, निसान, टोयोटा लगायतका १६ वटा ब्राण्डका चार पाङ्ग्रे, बजाज, बेला, हिरो, होन्डा, टिभीएस् लगायतका १५ वटा ब्राण्डका दुई पाङ्ग्रे र अशोक लेल्याण्ड, एस्कर्टस्, महिन्द्रा लगायतका ५ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको छ।मेलामा सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टस्का पनि स्टल रहेको नाडा अटो शो संयोजक शम्भुप्रसाद दाहालले बताए। 

नाडाले ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिसँगको सहकार्यमा अटो शो आयोजना गरेको हो। नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपालको आयोजना रहेको नाडा अटो शो सर्भो लुब्रिकेन्ट्सले प्रायोजन गरेको छ।

६ दिन सम्म चल्ने नाडा अटो शोमा ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने आयोजक नाडाले जनाएको छ। मेलामा २ अर्बको भन्दा बढीको  कारोबार हुने अपेक्षा गरिएको नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले बताए ।

  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved