भारतसँग साझेदारीमा नेपालमा क्रेडिट रेटिङ कम्पनी, विशाल ग्रुप र इमरजिङ नेपाल प्रमुख साझेदार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2016 | 10:26:09 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको दोस्रो ठूलो क्रेडिट रेटिङ कम्पनी केयर रेटिङसँगको साझेदारीमा नेपालमा क्रेडिट रेटिङ कम्पनी स्थापना हुने भएको छ।  केयरले नेपालको  विशाल ग्रुप र इमर्जिगं नेपाल लिमिटेडसंगको साझेदारीमा नेपालमा क्रेडिट रेटिङ कम्पनी खोल्न लागेको हो। 

नेपालमा क्रेडिट रेटिङ कम्पनी खोल्नका लागी केयरले विशाल ग्रुप र इमर्जिगं नेपाल लिमिटेडसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी पत्रमा केयर रेटिङ भारतका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राजेश मोक्षी,  विशाल समूहका अध्यक्ष तथा प्रवन्ध निर्देशक अशोककुमार अग्रवाल तथा इमरजिङ नेपालका अध्यक्ष लालमणि जोशीले हस्ताक्षर गरेका छन।

नेपालमा खोल्न लागिएको कम्पनीको नाम केयर रेटिगं (नेपाल) लिमिटेड रहने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले क्रेडिट रेटिङका लागि धितोपत्र बोर्डमा यसै साता भित्र आवेदन दिने भएको छ। 

२ करोड चुक्ता पुंजीमा स्थापना गरिएको केयर रेटिगं (नेपाल) लिमिटेडमा भारतीय कम्पनी केयर रेटिङको ५१ प्रतिशत, विशाल ग्रुपको १९ प्रतिशत र इमर्जिगं नेपालको १० प्रतिशत रहने बताइएको छ । बाँकि २० प्रतिशत नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई छुट्याइएको छ। एक  बैंक तथा वित्तीय संस्थालाई ९ प्रतिशत भन्दा बढी सेयर नदिने कम्पनीको रणनीति रहेको छ। 

सो अवसरमा केयर रेटिङका प्रवन्ध निर्देशक राजेश मोक्षीले नयाँ स्थापना हुने कम्पनीले रेटिङ, ग्रेडिङ, अनुसन्धान, तालिम तथा सूचना प्रवाहमा काम गर्ने वताए। विश्व बजारमा प्रवेश गर्ने योजनामा रहेको केयर रेटिङको लागी नेपालमा उपस्थिति एक गतिलो खुड्किलो रहेको उनले बताए।

नेपालमा क्रेडिट रेटिङ कम्पनीको उपस्थितिले नेपालको अर्थतन्त्र तथा पुँजी बजार विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने बिशाल ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अग्रवालले बताए। कम्पनीबाट उपलब्ध गराइने सूचनाले नियामक निकाय, बैंक तथा वित्तीय संस्था,  लगानीकर्ता र सर्वसाधारण लाभान्वित हुने अग्रवालको बिश्वास रहेको छ। 
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved