युवा क्रिकेट खेलाडीलाई एनआइसी एसिया बैंकको साथ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2016 | 09:17:37 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंक लिमिटेडले दुई युवा क्रिकेट खेलाडीलाई प्रायोजन गरेको छ।  सामाजिक उत्तरदायित्व बहन गर्न एनआईसी एशिया फाउण्डेशन मार्फत सक्रिय रुपमा काम गर्दै आएको बैंकले खेलाडीद्धय राजु रिजाल एवं प्रेम तामाङलाई प्रायोजन गरेको हो। 

प्रायोजन सम्बन्धी भएको अलग अलग सम्झौतामा खेलाडीद्धय राजु रिजाल एवं प्रेम तामाङ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैैंकले खेलाडीहरुलाई आगामी २ बर्ष सम्म मासिक बिस हजार रुपैयाँ सहयोग प्रायोजन तथा खेल सामग्रीका लागि थप सहयोग उपलब्ध गराउने भएको छ। 

सो अवसरमा खेलाडीहरुले आफ्नो खेल मा ध्यान पुर्याउन सकुन भन्ने उद्देश्यले नेपालक्रिक्रेट खेलाडी संघको सक्रियतामा बैंकले खेलाडीहरुलाई प्रायोजन गर्ने निर्णय गरेको बताइएको छ। बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गरि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आईरहेकोछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved