सिटी एक्सप्रेस १०औं वर्षमा, सर्‍यो आफ्नै अत्याधुनिक भवनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 07:53:40 PM मा प्रकाशित

laxmi  sunrise bank

रेमिट्यान्स सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस १०औं वर्षमा प्रवेश गरेको छ। पहिले घन्टाघरको मस्जिदसंगै जोडिएको भवनमा रहेको सिटि एक्सप्रेस वार्षिकोत्सव अवसरमा कमलादीस्थित आफ्नै भवनमा सरेको छ।

सिटि एक्सप्रेसको नयाँ भवनको उदघाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गरे । सो अवसरमा गभर्नर नेपालले हाल साढे ६ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स आएको जानकारी दिए। औपचारिक च्यानलबाट रेमिट्यान्स आउने गरेकाले हुण्डीको कारोबार समेत निरुत्साहित भएको उनले कार्यक्रममा बताए।

दुइ जना कर्मचारी र सामान्य लगानीमा २०६४ साल असार २७ गते स्थापना भएको सिटि एक्सप्रेसले हाल ५ हजार एजेन्टमार्फत लाखौ ग्राहकलाई सेवा प्रदान गरिरहेको कम्पनीका प्रवन्ध निर्देशक चन्द्र टन्डनले जानकारी दिए । ‘२ जना कर्मचारी र कारोबार रकम शून्यबाट सेवा सुभारम्भ गरेका थियौं,अहिले सयौं कर्मचारी छन् भने अर्बौको कारोबार हुन्छ’ उनले भने।

स्थापनाको यस अवधिसम्म कम्पनीको अधिकृतपुँजी १० गुणा र चुक्ता पुँजी २० गुणाले बढाइएको टन्डनले बताए । वैदेशिक रोजगारीमा रहेकाहरुको रेमिट्यान्सलाई सुरक्षितरुपमा उनका घर परिवारसम्म पुर्‍याउन सिटी क्सप्रेसको सेवाप्रति सर्वसाधारणको आकर्षण र विश्वास दिनानुदिन बढ्दै गएको टन्डनले बताए।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले धुर्मुस सुन्तली फाउन्डेसमा १५ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको थियो भने भूकम्प पिडितका लागी घर बनाउने अभियानमा लागेका चर्चित हाँस्य कलाकारद्धय सीताराम कट्टेट ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई ब्राण्ड एम्बेस्टरमा नियुक्त गरेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved