१४ जिल्लाका भूकम्पपीडितलाई सरकारको ट्याक्सी उपहार ! १५ सय ट्याक्सीको दर्ता खुल्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 08:20:24 AM मा प्रकाशित

laxmi  sunrise bank

taxi 800

सरकारले भूकम्पपिडितहरुलाई लक्षित गरेर राजधानीमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने भएको छ। भूकम्प पिडितहरुलाई स्वरोजगार बनाउने उदेश्यले सरकारले गत बर्षनै नयाँ ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले प्रकाशित सूचनामा उल्लेख छ।

सरकारले ल्याएको यो व्यवस्था सरकारले तोकेको १४ वटा भूकम्प प्रभावित जिल्लाका लागी रहेको मन्त्रालयले जनाएको छ। भूकम्पबाट अति प्रभावित भएका १४ दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्पपीडितहरुले आवदेन दर्ता गर्न सक्नेछन् ।

हाल संचालनमा रहेका साधारण वर्गका ट्याक्सीको गुणस्तर र क्षमतामा कम नहुने गरी गरी उल्लेखित शर्तको अधिनमा रही १५ सय थान नयाँ ट्याक्सी वितरण गरिने मन्त्रालयले जनाएको छ। भूकम्प प्रभावित जिल्लाका इच्छुक व्यक्तिले आवेदन दिन सक्ने जनाइएको छ। आवेदन दिन १ सय रुपैयाँ दर्ता शुल्क तिर्नु पर्ने छ।

आवेदन दिने व्यक्तिले निवेदनको साथमा भुकम्पपपीडितको आधिकारिक प्रमाणपत्र, हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति, नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्ने मन्त्रालयले जनाएको छ।

साथै एक व्यक्तिले एक मात्र आवेदन दिन पाउने र भूकम्प पिडित प्रमाणपत्रमा जुन व्यक्तिको नाम उल्लेख छ सोहि व्यक्तिको दस्तखत र निवेदन फाराम दर्ता बुझाउनु पर्ने जनाइएको छ। असार ५ गते देखि भदौ २ सम्म आवेदन फारम दर्ता गराई सक्नु पर्ने मन्त्रालयले जनाएको छ। माग संख्या भन्दा बढी आवेदन परेमा गोलाप्रथा गरि नयाँ ट्याक्सी वितरण गरिने विभागले जनाएको छ ।

taxi-earthquake-victims

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved