सफलताको कथा: एउटै ब्यवसायबाट वार्षिक ९३ करोड आम्दानि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 08:32:52 AM मा प्रकाशित

laxmi  sunrise bank

माघ १९ । जिल्लामा उत्पादित अलैँंची निकासीबाट यसवर्ष रु ९२ करोड २८ लाख रकम भित्रिएको छ। उत्पादन भएको चौध हजार मन अलैन्ची तेह्र हजार १८३ मन जिल्ला बाहिर निकासी भएको थियो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेका अनुसार छ दशमलव पाँच प्रतिशत अलँैंची जिल्लामै खपत भएको छ ।

यो वर्ष फेदी र सुङ्देलमा मात्रै ७०० मन अलँैंची उत्पादन भएको छ भने रु छ करोड १८ लाख भित्रिएको छ । बाँझेच्यानडाँडामा यसवर्ष १४० मन अलैंँची उत्पादन भएको स्थानीय सङ्ग्राम राईले बताए। अलैँंची बिक्री गरेर रु ९५ लाख आम्दानी भएको छ । जिल्लाका विभिन्न गाविसमा अलैँची बिक्री गरी कृषकले मनग्य आम्दानी गरेका छन् ।

अलैँंची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष वीरबहादुर तामाङले बिचौलियाले कृषकको घरैमा अलैँची किनेर लगेको बताए। जिल्लाको सुङ्देल, फेदी, खार्तम्छा, बाक्सिला, बास्पानी, खार्मी, पाथेका जालपा, हौचुर, कुभिण्डे, नुनथला, दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा, निर्मलीडाँडा, बाँझेच्यानडाँडा, चिसापानी, बोपुङ, सावाकटहरे, चिसापानी, मौवाबोटे लगायत ३४ गाविसको एक हजार ३२० हेक्टरमध्ये ९४० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुन्छ । गतवर्ष १३ हजार ५०० मन अलैँची उत्पादन भई रु ८० करोड जिल्ला भित्रिएको थियो ।

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved