दशैँ नजिकिंदै गर्दा ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 05, 2016 | 11:08:49 AM मा प्रकाशित

laxmi  sunrise bank

बिगत केहि दिन देखि घट्दो क्रममा रहेको सुनको मूल्य सातको चौथो दिन बुधबार पनि घटेको छ   । मंगलबारको  कारोबारमा प्रति तोला ५७  हजार ८ सयमा  कारोबार भएको छापावाल सुन  आज बुधबार तोलामा ११ सयले घटेर प्रति तोला ५६   हजार ७   सयमा कारोबार भई रहेको छ ।   त्यस्तै तेजावी सुन प्रति तोला ५६    हजार ४    सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन अघिल्लो हप्ताको पहिलो दिनमा प्रति तोला ५९ हजारमा कारोबार भएको थियो । त्यसपछि मूल्य घट्दो क्रममा छ ।

चाँदी भने तोलम ३० रुपियाँले घटेर प्रति तोला  ८ सय ३० रुपैयाँमा कारोबार  भईरहेको छ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८   हजार ६     सय १०    रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८  हजार ३  सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ११   रुपियाँ  ५० पैसा  कायम गरिएको छ।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved