पन्जाब नेशनल बैंकका डिजिएम एभरेष्ट बैंकको प्रमुख कार्यकारीमा नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2016 | 06:16:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पञ्जाव नेशनल बैंक (पिएनबी) का नायव महाप्रबन्धक सोमेश्वर सेठलाई नियुक्ति गरेको छ। नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरिएका सेठले कात्तिक १६ बाट औपचारिक रुपमा जिम्मेवारी लिने बैंकले जनाएको छ। 

एके आहलुवालियाको कार्यकाल सकिएपछी उनले औपचारिक रुपमा बैंकबाट बिदा लिइसकेका छन्। नेशनल बैंकिङ इन्ष्टिच्युटका सदस्य रहेका आहलुवालियालाई संस्थाले औपचारिक विदा गरिसकेको छ । आहलुवालिया बैंकबाट बिदामा बसिसकेका छन्। उनी एभरेष्टमा २०१३ को जुलाइ १ बाट प्रमुख कार्यकारी अधिकृत थिए। 

त्यस्तै आज आइतबारबाट बैंकको डेपुटी महाप्रबन्धकका रुपमा राजिव जैनले कार्यभार सम्हालेका छन्। जैन पनि पञ्जाव नेशनल बैंकका कर्मचारी हुन् । बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)र डिजिएम पिएनबीबाटै ल्याउने गरेको छ । एभरेष्ट बैंकमा पिएनबीको २० प्रतिशत सेयर छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved