बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदै छ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2016 | 11:02:50 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । मंगलबार  प्रति तोला ५६ हजार ५  सय रुपैयाँमा कारोबार भएको  छापावाल सुन आज बुधबार तोलामा ३ सयले बढेर प्रति तोला ५६ हजार ८ सयमा  कारोबार भईरहेको छ ।  

त्यस्तै तेजाबी सुन प्रति तोला ५६  हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।   चाँदी  प्रति तोला ८ सय १५   मा कारोबार भई रहेको छ ।  यो अघिल्लो दिनको तुलनामा ५ रुपियाँले बढी हो।

  नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार ६  सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८   हजार ४  सय ८०  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९९   रुपैयाँ कायम गरिएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved