स्याङ्जाको एग्रोफार्ममा दैनिक एक लाख अन्डा उत्पादन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 28, 2016 | 09:49:55 AM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको भिरकोट नगरपालिका–६ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफार्मले दैनिक एक लाख अन्डा उत्पादन गर्दै आएको छ । करिब एक वर्षअघि यहाँका सात युवकले करिब ५० करोड रुपैयाँको लागतमा फार्म सञ्चालनमा ल्याएका हुन् । 

फार्ममा हाल कमर्सियल लेयर्स जातका एक लाख ५० हजार कुखुरा रहेका छन् । यहाँबाट दैनिक करिब एक लाख अन्डा उत्पादन हुँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले बताए ।

'आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ भन्ने लाग्यो र ४० रोपनी जग्गामा जर्मनीमा निर्मित अत्याधुनिक ब्याट्री केज प्रविधिको प्रयोग गरी फार्म सञ्चालन गरिआएका छौँ,' प्रमुख कार्यकारी अधिकृत ढकालले भने, 'यहाँ उत्पादन भएका अन्डाहरु पश्चिमाञ्चल विकास क्षेत्रका मुख्य मुख्य बजारमा खपत हुने गरेका छन् ।' प्रत्यक्ष एक सय बढी स्थानीयवासीले रोजगारी पाएका कम्पनीले जनाएको छ ।

फार्मले वार्षिक चार करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने अधिकृत ढकालले बताए । कुखुरापालनसँगै फार्मले जैविक मल उत्पादन तथा प्रशोधन केन्द्रको निर्माण कार्य थालेको छ । यही फार्मलाई लक्ष्य गरी अर्को कम्पनीले दैनिक १० हजार वटा क्रेटको उत्पादन गर्दै आएको छ । यहाँका युवाले सञ्चालन गरिरहेको यो फार्म अवलोकन गर्न दैनिक थुप्रै व्यक्ति आउने गरेको फार्मले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved