'उत्कृट' बन्ने लक्ष्य सहित एनबी इन्सुरेन्सले गर्यो एकै दिन ३ शाखा विस्तार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 28, 2016 | 05:42:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एनबि इन्स्योरेन्सले एकै पटक तीन वटा शाखा कार्यालय संचालनमा ल्याएको छ। इन्स्योरेन्सले पन्ध्रौं, सोह्रौ र सत्रौ शाखाहरु क्रमशः कलंकी, कोटेश्वर र सल्लाघारी भक्तपुरमा संचालनमा ल्याएसंगै शाखा संजाल संख्या १७ पुगेका छन। 

संचालनमा आएका ३ वटै नयाँ शाखा कार्यालयहरुको उद्घाटन बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर के.सी.ले गरेका हुन। सो अवसरमा बोर्ड अध्यक्ष ड़ा केसीले छोटो समयमा नै आफ्नो शाख स्थापित गर्न सफल एनबि इन्स्योरेन्सले विमा क्षेत्रको विस्तारका लागि अनुभवी मानब संसाधन उत्पादन गर्न सुझाए। सरकारले अघि सारेको कृषि तथा लघु बिमामा पनि एनबि इन्स्योरेन्सले आफ्नो सेवा विस्तार गर्नुपर्नेमा बोर्ड अध्यक्ष ड़ा केसीले ध्यानाकर्षण गराए।  

त्यस्तै सो अवसरमा कम्पनी संचालक समितिका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बिमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर शाखा संजाल बिस्तार गर्ने योजना रहेको बताए। 

कम्पनी संचालक समितिका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी शाखा सञ्जाल विस्तार गर्ने बताए । दुर्गम क्षेत्रमा बीमाको पहुँच नपुगेका कारण कतिपय नागरिक सधैं पछाडी पर्नु परिरहेको भन्दै उनले त्यस्तो अवस्थामा सुधार ल्याउनका लागि ईन्स्योरेन्सले प्रभावकारी सेवा बिस्तार गर्ने बताए ।

३ वटा शाखा कार्यालय संचालनमा आएसंगै एनबि इन्स्योरेन्सका शाखा संख्या १७ पुगेको छ। यस संगै कम्पनीले ५ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।   

एनबि इन्स्योरेसंले गत आर्थिक बर्ष ४ करोड ३६ खुद मुनाफा आर्जन गरेको थियो। त्यस्तै कम्पनीको चुक्ता पूँजी १५ करोडबाट २७ करोड रुपैंया पुगेको छ । शेयर लिलाम गरेर मात्रै कम्पनीले ४ करोड भन्दा बढी प्रिमियम संकलन गरेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved