कतार एयरवेजले ल्यायो 'टु सिट,वान ग्रेट अफर' योजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2016 | 06:24:13 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार एयरवेजले यात्रुहरुका लागि 'टु सिट,वान ग्रेट अफर' योजना ल्याएको छ। २ वटा बिजनेस क्लासको टिकट बुक गर्दा एउटाको मात्रै पैसा पर्ने कतार एयरवेजले जनाएको छ।

 

२ वटा टिकट एकैसाथ बुक गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको नेपालस्थित कतार एयरवेजको कार्यालयले जनाएको छ। कतार, लण्डन, वासिङटन डिसी लगायतका ४० वटा देशहरुमा बुक गरिएको टिकटबाट जान सकिने छ। १५ नोभेम्बरदेखि आगामी जुन १५ सम्मका लागि मात्र यो योजना रहेको कतार एयरवेजले जनाएको छ। कतार एयरले अहिले नेपालबाट दैनिक ३ वटा उडान भरिरहेको छ।
 
उसले अहिले विश्वकम १ सय ५० भन्दा बढी देशहरुमा आफ्नो उडान विस्तार गरिसकेको छ। साथीभाई, दम्पत्तीहरु यस योजनाबाट लाभान्वित हुन सक्ने कम्प्नीले विश्वास लिएको छ।
 
'अहिलेको ब्यस्त होलिडे सिजनमा सार्वजनिक गरिएको यो अफरले परिवार तथा यात्राको बारेमा सोची रहेका मानिसलाई आफ्ना नजिकका मानिससँग वल्डर्स बेष्ट बिजनेश क्लासको अनबोर्ड लग्जरीको अनुभव लिन उल्लेख्य मात्रामा सघाउने छ ' कतार एयरवेजका चिफ कमर्शियल अफिशर डा. ह्यूग डनलिभिले भने 'यसले हाम्रा यात्रुलाई आफ्ना नजिकका मानिससँग यात्राको मिठो अनुभव आफ्नो स्मृतिमा सदाका लागि सजाइराख्न उल्लेख्य सहयोग पुग्ने हाम्रो विश्वास छ ।'

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved