ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदै छ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 24, 2016 | 10:55:51 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ  । बुधबार  प्रति तोला ५५ हजार  ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार तोलामा ८ सयले घटेर प्रति तोला ५४ हजार ६ सयमा कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५४   हजार ३    सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी  प्रति तोला ७  सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६  हजार ८   सय १०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६  हजार ५  सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ६४ रुपैयाँ ५०  कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved