१२ बर्षपछि इन्डोनेसियामा बिनासकारी भूकम्प: मृतकको संख्या २० नाघ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2016 | 09:07:26 AM मा प्रकाशित

laxmi  sunrise bank


इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। इन्डोनेसियाको आचेह प्रान्तमा स्थानीय समयअनुसार बिहान ५ बजेर ३ मिनेटमो ६.४ तीब्रता मापन गरिएको भूकम्पबाट कयौं भवन भत्किएको र केहि स्थानमा मानवीय क्षति समेत भएको बिबिसीले जनाएको छ। 

बिबिसीका अनुसार आज बिहान गएको भूकम्पका कारण २० जनाको मृत्यु भएको छ भने अन्य कयौं मानिस घरको भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

भूकम्पपछि स्थानीय वासिन्दाहरु आफ्नो घर छोडी खुला मैदान तर्फ लागेको जनाइएको छ। आचेह प्रान्तमा सन २००४ मा ९.२ रेक्टर स्केलको भूकम्प गएको थियो जसमा उक्त्त प्रान्तमा धनजनको ठुलो क्षति भएको थियो। त्यो समय भूकम्पका कारण सुनामीको लहर उठेको थियो।   
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved