संविधान संशोधनको विरोधमा चार दिने आन्दोलन घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2016 | 01:07:43 PM मा प्रकाशित

laxmi  sunrise bank

संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलनिकटका संयुक्त युवा तथा विद्यार्थी संगठनले थप आन्दोलन घोषणा गरेका छन् ।

शुक्रबार युवा सङ्घ नेपालको कार्यालयमा पत्रकार सम्मेलन गरी थप आन्दोलनको घोषणा गरेका हुन् । अनेरास्ववियुका अध्यक्ष नबिना लामाका अनुसार शुक्रबार नयाँ बानेश्वरमा खेलाडीको प्रदर्शन, शनिबार वैदेशिक हस्तक्षेप रोक्नका लागि परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, आइतबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म दौड जुलुस र सोमबार संशोधनका विपक्षमा सडक बहस गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

युवा सङ्घका अध्यक्ष राजीव पहारीले संशोधन विधेयकले नेपालको राष्ट्रिय अखण्डतामाथि आँच आउने भएकोले राष्ट्र बचाउनका लागि आन्दोलन गर्नु परेको बताए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved