पुल भाँचिदा पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित, सवारीको लाइन ७० किमि लामो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2016 | 12:55:46 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदलेमा पुल भाँचिदा सवारी आवागमन प्रभावित भएको छ ।

दलदले स्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा आज बिहान पुल भाँचिएको हो । पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा पुल झोलुङ्गो जस्तो बनेको छ ।

अहिले डाइभर्सन निर्माण गरेर एकतर्फी रुपमा सवारी साधन चलाईएको प्रहरीले जनाएको छ । पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्गमा सवारी साधनको लाम लागेको छ। दलदलेदेखि डण्डाबजारसम्म र केउरेनीदेखि गैंडाकोटसम्म झन्डै ७० किलोमिटरसम्म सवारीको लाइन रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved