नेप्से बढ्दा पनि किन बढ्न सकेन कारोबार रकम ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2016 | 03:28:59 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि दिन यता लगातार घटिरहेको बजार परिसूचक नेप्से साताको चौथो दिन बुधबार बढेको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । बुधबारको कारोबारमा बैंकिंग तथा इन्स्योरेन्स समुह बढ्दा बजार ६.६५ अंकले बढेको छ । ०.४४ प्रतिशतले बढेको बजार १५१६.०८ को उचाईमा पुगेर रोकिएको छ । 

यस दिन १ सय ३७ कम्पनीका ७ लाख ५३ हजार कित्ता शेयर खरिद बिक्रिबाट ४८ करोड ६१ लाख बराबरको कारोबार भएको छ  । जसमा सबैभन्दा बढी एभरेस्ट बैंकको ९ लाख ५९ हजार बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा लाइफ इन्स्योरेन्स. सिद्दार्थ बैंक, बैंक अफ काठमाडौँ. नेपाल बंगलादेश बैंक रहेका छन्  ।

 बुधबारको कारोबारमा कमाउनेमा हिमालयन डिस्ट्रिलरी , नेशनल लाइफ इन्स्योरेन्स, नागबेली लघुवित्त विकास बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन्  । जसमा हिमालयन डिस्ट्रिलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। 

गुमाउनेमा अरुण फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त विकास बैंक, नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ता रहेका छन। जसमा अरुण फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ। 

बजारमा बिक्रेताको तुलनामा खरिद कर्ता धेरै भए पनि बिक्रेताले घटेर बेच्न नचाहने र खरिदकर्ताले कम मूल्यमा खरिद गर्न खोज्नाले कारोबार रकम बढ्न नसकेको अनुमान गरिएको छ। साथै धितोपत्र बोर्डले ठुलो कारोबारको खरिद बिक्रि आदेशको विवरणको माग  गरेको चर्चा बजारमा चलेको छ । यहि कारण पनि कारोबार रकम घटेको चर्चा छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved