सपोर्ट माइक्रो फाईनान्सको आईपिओ निष्काशनका लागि  बिक्री प्रवन्धक नियुक्त 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2016 | 06:23:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट माईक्रो फाईनान्स वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि छुट्याएको १,८०,००० कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने कार्यकालागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 नियुक्ति सम्बन्धी सम्झौता  आईतवार निष्काशन तथा बिक्री प्रवन्धकको कार्यालयमा सम्पन्न भएको हो। संझौतामा सपोर्ट माईक्रो फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रलाल ढकाल तथा निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका हुन्।

 २०७१ कार्तिक २८ गते सुनसरीको ईटहरीमा स्थापना भएको सपोर्ट माईक्रो फाईनान्सको हाल अधिकृत पूँजी रु. १५ करोड र जारी पूँजी रु. ६ करोड रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता भईसकेको छ भने सर्वसाधारणलाई रु. १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी रु. ६ करोड पुग्नेछ ।

हाल वित्तीय संस्थाको १० जिल्ला कार्यक्षेत्र रहेको छ र हालसम्म १९ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ । त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ३,८०० जना सदस्यहरुलाई लघुर्जाको सेवा प्रदान गरेको छ । चालु आर्थिक वर्षको चैत्र मसान्तभित्रमा नै शेयर जारी गरीसक्ने वित्तीय संस्थाले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved