अब लाइसेन्सका लागि लाइन बस्न नपर्ने, सोमबारदेखि अनलाइन बाट हुनेछ सबै काम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 22, 2016 | 03:49:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि रातिदेखि गएर लाइन बस्दा पनि पालो नपाएर चिन्तित हुनु हुन्छ भने तपाईको लागि खुसीको खबर आएको छ । अब लाइसेन्सको आवेदनको लागि घन्टौ लाइन बस्नु पर्ने छैन । यातायात व्यवस्था विभागले सोमबारदेखि अनलाइनमै फारम भर्न सकिने सुविधा सुरु गर्न लागेकोले लाइन बस्ने दिन अन्त्य हुने देखिएको हो । 

सोमबारदेखि यातायात व्यवस्था विभागको वेबसाइटमा गएर फारम भर्न सकिन्छ । साइट खोल्दा सूचना र गतिबिधि लेखिएको देब्रे पट्टि चिनारीको मुनि अनलाइन सवारी चालक अनुमति लेखिएको देखिने छ   । त्यसमा क्लिक गर्दा अनलाइन फारण भर्ने पेजमा पुगिन्छ  । अहिले भने सो पेज तयार हुदै गरेकाले त्यहाँ "Page Under Construction" भन्ने संदेश देखिन्छ  । तर सोमबार त्यहाँ गएर अनलाइन फारम भर्न सकिन्छ  । 

फारम अनलाइन भरिने भएपनि  शुल्क पनि विभागमै तिनुपर्छ । 

अहिले बिभागको कार्यालय एकान्तकुनामा लाइसेन्स फारम बुझाउन एकै दिन सयौ लाइनमा बस्न बाध्य छन् । तर, विभागले काठमाडौंबाट अहिले दिनमा ८ सयसम्म लाइसेन्स फारम बुझ्ने गरेकाले धेरैलाई असुविधा भएको थियो ।

अब अनलाइन बाट नै फरण भर्न सकिने भएपछि सेवाग्राहीलाई निकै सहज हुने छ भने बिचौलियाहरुबाट सेवाग्राही ठगिने सम्भावना पनि हट्नेछ । तर, अनलाइन फारम भरेकाहरुको लिखित परीक्षादेखि ट्रायल सबै काठमाडौंमै हुनेछ ।

त्यसको लागि सिस्टमले नै फारम दर्ता गर्नेछ र  कुन दिन बिभागको कार्यालयमा उपस्थित हुने भनेर सूचना दिनेछ । तोकिएको दिनमा आवश्यक कागजातसहित विभागमा उपस्थित हुनु पर्ने छ । 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved