१५७ प्रतिशतले बढ्यो कुल सेयर कारोबार रकम , नेप्से सूचकाङ्कमा ५५.५ प्रतिशतको  वृद्धि 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2016 | 12:10:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको ताजा अवस्था सार्बजनिक गरेको छ । बैंकले सार्बजनिक गरेको ताजा अवस्था आर्थिक वर्ष २०७३÷७४ को चार महिनासम्मको तथ्याङ्कमा आधारित छ । 

जस अनुसार बैंकले यस समिक्षा अवधिमा नेप्से सूचकाङ्कमा ५५.५ प्रतिशतको वृद्धि भएको जनाएको छ । २०७३ असोज मसान्तको १,८०३.७ विन्दुबाट २०७३ कात्तिक मसान्तमा नेप्से सूचकाङ्क १,७०१.९ विन्दुमा ओर्लेको छ । वार्षिक विन्दुगत आधारमा २०७३ कात्तिक मसान्तमा भने नेप्से सूचकाङ्कमा ५५.५ प्रतिशतको वृद्धि भएको बैंकले जनाएको हो ।

त्यस्तै आर्थिक वर्ष २०७३÷७४ को पहिलो चार महिनामा कुल सेयर कारोबार रकम अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५७.१ प्रतिशतले वृद्धि भई रु. ८७ अर्ब ८ करोड पुगेको छ । डिम्याट प्रणालीबाट कारोबार भई स्टकको तरलता बढेको, चालुआर्थिक वर्षदेखि नेप्सेको कारोबार समयमा वृद्धि भएको तथा नेप्से सूचकाङ्कमा ठूलो वृद्धि भएका कारण कुल कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको राष्ट्र बैंकको भनाई छ ।

बैंकले वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर÷प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको बताएको छ । बैंकका अनुसार २०७३ कात्तिक मसान्तसम्ममा कुल १२० वटा बैंक तथा वित्तीय संस्थाहरू (घ वर्गका सहित) मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये ७९ वटा संस्थाहरुको इजाजत खारेज हुनगई कुल ४१ संस्था कायम रहेका छन्। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved