शेयर लगानीकर्ता संघले अघि सार्यो ६ बुँदे माग, माग पुरा गराउन यस्तो छ कार्यक्रम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2016 | 01:23:04 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता संघले बजार सुधारका विभिन्न ६ बुँदे माग अघि सारेको छ ।  संघको सोमबार बसेको केन्द्रीय समितिको बैठकले ति माग पुरा गराउन नेपाल स्टक एक्चेन्ज  नेप्सेको प्राङ्गणमा शान्तिपूर्ण भेला गर्ने निर्णय समेत गरेको छ ।  

संघले पुस १३ गते बुधबारका दिन बिहान १०:३० बजे नेप्सेको प्राङ्गणमा शान्तिपूर्ण भेला गरेर आफ्ना मागहरु उठान गर्ने निर्णय गरेको हो । 

संघका अध्यक्ष उत्तमं अर्यालले आज एक बिज्ञप्ति जारी गर्दै माग का बारेमा जानकारी दिएका हुन् ।

के के छन् मागहरु ?

१. बैंकलाई यथाशिघ्र ब्रोकर लाइसेन्स दिनु पर्ने ।

२.  बैंकलाई यथाशिघ्र शाखा विस्तार गर्न दिनु पर्ने ।

३. अनलाइन सिस्टम यथाशिघ्र  कार्यन्वयन गर्नु पर्ने ।

४. बोनस , हकप्रद, मर्जर र सुचिकृत नीति नियम स्पष्ट हुनु पर्ने  ।

५. बजार निर्माता ल्याउन पहल गर्ने ।

६. गैर आवासीय नेपालीलाई पुंजीबजारमा ल्याउन पहल गर्नु पर्ने ।

 

 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved