माओबादीबाट अलग भएको १४ महिनापछि प्रचण्ड-बाबुराम एकै ठाउँमा, फेरि एक हुने संकेत 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2016 | 01:58:37 PM मा प्रकाशित

laxmi  sunrise bank

माओबादीबाट अलग भएको १४ महिनापछि प्रचण्ड र बाबुराम एकै मंचमा देखिएका छन्  । एक महिना अगाडि निधन भएका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको जीवनीमा आधारित पुस्तक ‘चाचा’को बिमोचन कार्यक्रममा  माओवादी ‘जनयुद्ध’का दुई हस्ती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपाल अभियानका संयोजक डा बावुराम भट्टराई  एकै मंचमा देखा परेका हुन् । 

बाबुरामले गत गत बर्ष असोजमा माओबादी पार्टी र सांसद पद त्याग गरेका थिए । त्यसपछि यी दुई नेताहरु संगै देखिएका थिएनन ।

कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब पुन एक हुने बेला आएको बताए । उनले भने 'प्रचण्ड र बाबुराम मिल्नुपर्छ भन्ने भक्ति पाण्डेको अन्तिम चाहना थियो, संयोग नै हो हामी छुटेपछि आज एकै ठाउँमा छौं, त्यो पनि भक्ति पाण्डेकै सन्दर्भमा ।’

उनले अहिले परिस्थितिमा दुवै एकै ठाउँमा उभिन नसक्ने हो भने परिवर्तन उल्टिने खतरा रहेकाले एक हुनुको विकल्प नभएको बताए। उनले अहिलेको स्थितिमा बाबुरामको र आफ्नो एकै धारण भएको र पहिलेकोजस्तै राम्रो सम्बन्ध हुन थालेको बताए । उनले थपे '‘हामीवीच दिनहुुँ छलफल भइरहेको छ, हाम्रा पक्षधरहरुले धेरै बिगारेनन् भने हामीबीच सहकार्य हुन सक्छ ।'

कार्यक्रम भट्टराईले  कुनै दुश्मनीले नभई परिस्थितिले आफुलाई अलग हुन् बाध्य पारेको बताए । उनले  अहिले प्राप्त उपलब्धि गुम्न नदिन  मिल्नुको विकल्प नरहेको प्रष्ट पारे। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved