सर्बदलीय बैठक निष्कर्षबिहिन, ओली अनुपस्थित 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2016 | 05:54:46 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवस्थापिका–संसदको जारी अवरोध अन्त्य गर्ने विषयमा सभामुख ओनसरी घर्तिले आह्वान गरेको सर्बदलीय बैठक बिना निस्कर्ष टुंगिएको छ । सभामुखको पहलमा संसद भवन नयाँ बानेश्वरमा आज दिउसो बसेको सात दलको वैठकमा दलहरुबिच कुनै सहमति हुन् सकेन  ।

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले दर्ता गरेको संबिधान संशोधन बिधेयक फिर्ता गर्न माग गर्दै अडान अबरुद्द गर्दै आएको छ । सरकारले संसदमा गत मङसिर १४ गते संविधान संशोधन विधेयक प्रस्तुत गरेसगै  प्रतिपक्षी दलहरुले निरन्तर संसदको वैठक अवरुद्ध गर्दै आएका छन् ।  

 वैठकमा नेकपा माओवादी केन्द्रतर्फबाट अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, प्रमुख सचेतक टेकबहादुर बस्नेत, पम्फा भूषाल, कानूनमन्त्री अजयशंकर नायक थिए । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, नेता प्रकाशमानसिह, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ वैठकमा सहभागी थिए ।

  एमालेको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, पार्टी उपाध्यक्ष भिमबहादुर रावल, प्रमुख सचेतक भानुभक्त ढकाल उपस्थित थिए  ।  एमाले अध्यक्ष केपी ओली भने बैठकमा उपस्थित भएनन्  । त्यस्तै राप्रपाका अध्यक्ष कमल थापा, संसदीय दलका उपनेता दीपक बोहरा, प्रमुख सचेतक दीलनाथ गिरी वैठकमा सहभागी थिए । 

वैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सघीय समाजबादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीलगायत नेता सहभागी थिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved