एनएमबि बैंक बन्यो रिद्धि सिद्धि सिमेन्टको मुख्य लगानीकर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2016 | 08:34:19 AM मा प्रकाशित

laxmi  sunrise bank

nmb-bank800एनएमबी बैंक लिमिटेडले रिद्धि सिद्धि सिमेन्ट कम्पनीको मुख्य लगानिकर्ता बन्ने भएको छ। यस प्रोजेक्टमा हिमालयन बैकको सह-वित्तीयकरण तथा अन्य बैकहरु नेपाल बैक, नेपाल एसबिआई बैक, सेन्चुरी कमर्सियल बैक, लक्ष्मी बैक, सिभिल बैक, माछापुच्छरे बैक, प्रभू बैक तथा सोसाईटि डेभलपमेन्ट बैकहरुको समेतको लगानी रहने भएको छ।

रिद्दी सिद्दी सिमेन्ट कम्पनीको कुल लागत ६ अर्ब ११ करोड रुपैयाँ हुने छ। जस मध्ये बैंकहरुको मात्रै ४ अर्ब ५८ करोड रुपैयाँ लगानी रहने छ। बैंकहरुमा सबै भन्दा बढी एनएमबी बैंकको र त्यस्पछी हिमालयन बैंकको बढी लगानी रहने बताइएको छ।

उद्योगको उत्पादन क्षमता दैनिक दुई हजार मेट्रिक टन सिमेन्ट हुनेछ । दैनिक दुई हजार दुई सय मेट्रिक टन क्लिंकर पनि उत्पादन हुनेछ । रिद्धि सिद्धि सिमेन्ट कम्पनी शंकर ग्रुप तथा अम्बे समुहको लगानी रहेको कम्पनी हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved