बिपक्षीको अबरोधपछि बुधबारको संसद बैठक पनि स्थगित  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2016 | 05:57:26 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेकपा एमाले लगायतका प्रतिपक्ष दलको अवरोधका कारण बुधबारको व्यवस्थापिका संसद्को बैठक पनि अबरुद्द भएको छ ।  सरकारले गत मङ्सिर १४ गते नेपालको संविधान संशोधनको लागि व्यवस्थापिका–संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएसँगै प्रमुख प्रतिपक्ष एमालेलगायतका दलले संसद्को बैठक निरन्तररुपमा अवरोध गर्दै आएका छन् । 

बैठकमा सभामुख ओनसरी घर्तीले नेपाल परिवार दलका सांसद एकनाथ ढकाललाई बोल्न समय प्रदान गरेकी थिइन् ।  ढकालले सरकारले भाषा, नागरिकतालगायतका विषयमा अघि सारेको संशोधनको प्रस्ताव फिर्ता लिन आग्रह गरे ।  उनले सरकारले प्रस्तावको औचित्य पुष्टि नसकेको र प्रस्ताव फिर्ता लिएर निर्वाचनको वातावरण नबनाएसम्म अवरोध जारी नै राख्ने बताए ।  सांसद ढकालले यो प्रस्ताव नेपालीका लागि ल्याएको हो कि विदेशीको हितका लागि ल्याएको भन्दै प्रश्न समेत गरे । 

त्यसपछि प्रतिपक्षी दलका सासदहरुले उठेर विरोध जनाए । पटक पटक आग्रह गर्दा पनि बिपक्षीले अबरोध जारी राखेपछि  सभामुखले बैठक स्थगित गरेकी हुन् ।  संसद्को अर्काे बैठक पुस १४ गते बिहीबार दिनको १ बजे बस्ने छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved