एक महिनादेखि चलेन संसद, अबरोधपछि आजको बैठक पनि स्थगित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 02:14:21 PM मा प्रकाशित

laxmi  sunrise bank

विपक्षी दलहरुको अबरोधका कारण बिहीबारको संसद बैठक पनि अबरुद्द भएको छ । बिहिबार संसद बैठक सुरू भए लगत्तै एमाले सांसद वैद्यनाथ चौधरीले आफ्नो भनाई राखेका थिए । उनले ५ नम्बर प्रदेश टुक्र्याउन जनताले नचाहेको र  पहाड र तराई छुट्टाउने रणनीति अनुसार आएको प्रस्ताव फिर्ता लिन आग्रह गरे  । उनले यो प्रस्ताव असंवैधानिक र 'अरुको इशारा' मा आएको भन्दै सरकारले फिर्ता नगरेसम्म सदन चल्न नदिने बताए । 

उनले बोले लगत्तै एमालेसहितका विपक्षी ९ दलका सांसदहरुले उठेर विरोध जनाए ।  सभामुख ओनसरी घर्तीले पटक पटक बस्न गरेको आग्रहलाई नमानेपछि घर्तिले बैठक स्थगित गरेकी हुन् ।  अर्को बैठक पुस १८ गते दिउँसो १ बजे बस्नेछ। 

आजको बैठकमा निर्वाचन सम्बन्धी विधेयक र लोकमानसिंह कार्कीको महाभियोग प्रस्तावबारे कार्यसूची थियो।

मंसिर १४ गते सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि बिपक्षी दलहरुले त्यसलाई फिर्ता लिनुपर्ने भन्दै संसद अबरोध गर्दै आएको छ। त्यसयता कुनै पनि संसद बैठक चल्न सकेको छैन । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved