दलहरुबिच सहमति नभए १८ गते एकै दिन दुई-तीन वटा बैठक राख्छु : सभामुख घर्ति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 06:02:09 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमति गर्नको लागि अल्टिमेटम दिएकी छिन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेका क्लबका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीमगरले आजको तीन दिनभित्र दलहरुले सहमति जुटाउने विश्वास आफूले लिएको बताईन्। उनले भनिन्,‘दलहरु सहमतिको नजिकमा पुग्नुभएको कुरा उहाँहरुले मलाई जानकारी गराउनुभएको छ, त्यसैले उहाँहरुवीच अझै घनिभुत छलफल होस् भनेर नै मैले तीन दिनको समय दिएको छु।’ उनले तीन दिनभित्र पनि दलहरुवीच सहमति हुन नसके प्रक्रियामा अघि बढ्ने पनि बताईन्।

उनले अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित् हुनको लागि पनि आफूले निर्देशन दिएको जानकारी गराईन्। उनले भनिन्,‘मैले उहाँहरुलाई भ्याली बाहिर नजानको लागि पनि निर्देशन दिएको छु, अबको बैठक सदनमै हुन्छ, संसदभित्रै बैठक गर्नको लागि पनि मैले निर्देशन दिएको छु, आशा गरौं यो वीचमा सहमति हुन्छ।’ 

आउँदो संसद बैठक (पुस १८) अघि नै विषयमा सहमति नभए एउटामात्रै बैठक नराखिने सभामुखले जानकारी दिईन। ‘सो समयभित्र उहाँहरुले सहमति गर्नुभएन भने १८ गते एक मात्र होइन, ग्याप राखेर एकै दिन दुई/तीन वटा बैठक राख्नेछु,’ उनले भनिन, ’प्रमुख दलहरुलाई छलफल गर्नका लागि कार्यव्यवस्था परामर्श समितिमा पनि मैले भनिसकेको छु।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved