माछापुच्छ्रे बैंक र इजी लिंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2016 | 08:48:55 AM मा प्रकाशित

laxmi  sunrise bank

machhapuchhre bank and easy link

माछापुच्छ्रे बैंक लिमिटेड र इजी लिंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र इजी लिंक रेमिट्यान्सका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार विश्वका विभिन्न देशबाट इजी लिंक रेमिट्यान्समार्फत आएको रकम नेपाल भरका माछापुच्छ्रे बैंकका ५६ शाखाहरुबाट उपभोक्ताले भुक्तानी लिन सक्ने छन। विदेशबाट पठाएको रेमिट्यान्स छिटो छरितो ढंगबाट सेवाग्राहीसम्म र्पुयाउन यो सम्झौताले थप सहज बनाउने कम्पनीका प्रबन्धक दिपेन्द्र खनालले बताए।

इजी लिंक रेमिट्यान्सले सेवा विस्तार गर्दै देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पारेको छ । इजी लिंक मार्फत खाडी तथा अन्य मुलुकबाट समेत रेमिट्यान पठाउन सकिने जनाइएको छ।

इजी लिंक मार्फत पठाएको पैसा इजी लिंक रेमिट्यान्सका २२ सय भन्दा बढी एजेन्ट, सब-एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक दिपेन्द्र खनालले जानकारी दिए।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved