घडी हराएको बिषयमा सार्बजनिक रुपमा बोले प्रवलमानसिंह, निकाले यस्तो बिज्ञप्ति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2017 | 03:26:02 AM मा प्रकाशित

laxmi  sunrise bank

हेल्थ क्लबमा आफ्नो घडी हराएको बिषयमा पूर्व–प्रधानसेनापति पुत्र प्रवलमानसिंह गुरुङले आफ्नो सार्बजनिक धारणा बाहिर ल्याएका छन्  । उनले आज घडी हराएको विषयमा सांसद रामहरी खतिवडाको नाम जोडिएर आएका समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै एक बिज्ञप्ति निकालेका हुन्। 

यो सामाजिक सञ्जालमा यो बिषय भाईरल भएको थियो । अनेकन आलोचना खेपिरहेका खतिवडाले आफ्लाई सुनियोजि रुपमा फसाउँन खोजेको भन्दै आफुले घडी नचोरेको र कसैले आफ्नो ट्राउजरको खल्तीमा हालेको बताएका थिए  । 

प्रवलमानसिंहले त्यस घडी आफ्ना बाबुलाई ०६६ सालमा नै सम्धी भेटका क्रममा भाटभटेनीका मालिक मीनबहादुुर गुरुङले दिएको  बताएका छन् । प्रेस विज्ञप्तीमा उनले भनेका छन्,‘यसबाट पर्न गएको भ्रम कसैमा नरहोस्, साथै माननीय खतिवडा ज्यूको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै सकारात्मकम सहयोगका लागि सादर सबैमा सादर अनुरोध गर्दछु ।’

हेर्नुस बिज्ञप्ति । 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved