खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग, बोनस बाँड्ने कार्य भएको आरोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 03, 2017 | 01:02:38 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय उपभोक्ता मञ्च नेपालले  खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न   माग गरेको छ । निगमको स्वेच्छाचारी कदमको विरोध गर्दै मञ्चले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र आपूर्ती मन्त्रालय समक्ष मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग गरेको हो । 

राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले आज एक बिज्ञप्ति जारि गर्दै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य गत डिसेम्बरदेखि अहिलेसम्म प्रति व्यारेल ५० देखि ५२ डलरको हाराहारीमा स्थिर रहेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बहानामा निगमले मूल्य वृद्धि गरेको कार्यको विरोध गरेका हुन् ।
 

नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी ग्यासमा प्रति सिलिन्डर रु २५ वृद्धि गरेको थियो । मञ्चले गत महिना समेत आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको र अहिले पुनः ग्यासमा मूल्य वृद्धि गरी कही हदसम्म स्थिर रहेको आर्थिक बजारलाई अस्थिर पार्ने काम गरेको आरोप लगाएको छ । 

बिज्ञप्तिमा भनिएको छ 'बिगत दुई वर्षदेखि अत्याधिक नाफामा चलिरहेको निगमले विगतमा रु २०० सम्म घाटामा बेच्न सकिने खाना पकाउने ग्यासमा अहिले मूल्य बढेको बहानामा मूल्य वृद्धि गर्नु आम उपभोक्तलाई ठगेर कर्मचारीलाई बोनस बाँड्ने कार्य बाहेक अरु केही होइन्,”  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved