एफपिओले समेत पाउने गरी नेपाल लाइफले गर्यो लाभासं घोषणा, हेर्नुस कति वितरण गर्नेछ बोनस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 09, 2017 | 11:07:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल लाइफ इन्स्योरेन्सले लाभाश घोषणा गरेको छ  । कम्पनीले आव २०७२/७३ को मुनाफाबाट २६.३१ प्रतिशत बोनस फिने प्रस्ताव गरेको हो  । इन्स्योरेन्सको बुधबार बसेको संचालक समितिको बैठकले ६१ करोड ९२ लाख बराबरको बोनस र कर प्रयोजनको लागि ३ करोड २५ लाख वितरण गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ  । उक्त प्रस्ताव कुल चुक्ता पुंजीको ३०.०८ प्रतिशत हो भने एफपीओ समेतलाई हिसाब गर्दा कुल चुक्ता पुंजीको २६.३१ प्रतिशत हो  ।

कम्पनीले एफपिओ प्राप्त गरेकाहरुले पनि बोनस प्राप्त गर्ने जनाएको छ  । कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृत गरेपछि र इन्स्योरेन्सको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ  ।

इन्स्योरेन्सले पुस २७ देखि माघ २ सम्म १४ सय २५ रुपियाँका दरले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ निष्काशन गरेको थियो  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved