शतप्रतिशत हकप्रदको अनुमति माग्दै लक्ष्मी बैंक धितोपत्र बोर्डमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 11, 2017 | 01:16:40 AM मा प्रकाशित

laxmi  sunrise bank

शतप्रतिशत हकप्रदको अनुमति माग्दै लक्ष्मी बैंक धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले तीन अर्ब १५ करोड ९० लाख ३० हजार ३०० रुपैयाँ बराबरको तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो ।

लक्ष्मी बैंकले प्रोफेसनल दियालोलाई गाभेपछि कायम हुने चुक्ता पुँजीबाट एक सय प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो ।  बैंकले प्रोफेसनल दियालो विकास बैंकलाई गाभेर माघ २ गतेबाट एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । 

 

 हकप्रदको लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड चयन भएको छ ।  

हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब ३ करोड रुपैंयाँ रहेको छ ।  शतप्रतिशत हकप्रद जारी गरेपछि बैंकको पूँजी ६ अर्ब नाघ्ने छ । 

बैंकले गत वर्षको मुनाफाबाट ३८ प्रतिशत बोनस सेयर दिने घोषणा पनि गरेको छ । यो बोनस हकप्रद भर्नेले पनि प्राप्त गर्ने हुनाले बास्तबिक बोनस दर १८.२९५ हुने छ । बोनस वितरणपछि बैंकको चुक्तापुंजी ७ अर्ब ४५ करोडको हाराहारीमा पुग्ने  छ ।

लक्ष्मी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४० करोड ६३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved