महानिरीक्षक नियुक्ति: सिलवालको रिटमा सुनुवाई गर्दै सर्बोच्चले दियो यस्तो आदेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 13, 2017 | 11:01:31 PM मा प्रकाशित

laxmi  sunrise bank

आफुलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्ति गरि पाउ भन्दै बरियताक्रममा एक नम्बरमा रहेका नवराज सिलवालले सर्बोच्चमा दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाई भएको छ  । 

रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा पदस्थापन नगर्न नगर्न नगराउन अन्तरिम आदेश दिएको छ ।  आइतबार दिएको आदेशलाई यथावत राखी यो मुद्दालाई कपिलदेव ढकालले दायर गरेको रिटसँगै राखेर आगामी ८ गते पेश गर्न आदेश पनि सर्बोच्चले दिएको छ ।

ढकालले गत शुक्रबार चन्दलाई महानिरीक्षक नबनाउन माग गर्दै रिट दायर गरेका थिए  । तर मन्त्रिपरिषदको बैठकले आइतबार बिहान चन्दलाई नै नियुक्ति गरेको थियो । आइतबार नै सर्बोच्चले ढकालको रिट माथि सुनुवाई गर्दै चन्दको नियुक्ति तत्काल कार्यन्वयन नगर्न आदेश दिएको थियो  । आइतबार नै सिलवालले आफुलाई महानिरीक्षक बनाउन माग गर्दै रिट दायर गरेका थिए  । 

आज निवेदकको तर्फबाट अधिवक्ताहरु शम्भु थापा, तुलसी भट्ट, टिकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बहस गरेका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved