पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णय 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 14, 2017 | 01:34:17 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सोमबार बिहान सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले सञ्चालन गर्ने पूनर्निर्माण कोष सम्बन्धि कार्यविधिमा कोष परिचालन र नियन्त्रणसम्बन्धि व्यवस्थाका लागि मन्त्रीपरिषदमा सिफारिस गर्ने, भूकम्प प्रभावित लाभग्राही सूचीमा समावेश हुन छुटेको भनी आएका गुनासोकर्ताहरुको गुनासोबारे पून सर्वेक्षण गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पको पूनर्निर्माणमा भइरहेको ढिलाईबारे बैठकलाई सचेत गराउँदै युद्धस्तरमा काम अघि बढाउन निर्देशन दिए। प्रधानमन्त्रीले भने, ‘मेरो सबैभन्दा धेरै चासो र चिन्ता भूकम्पको पूनर्निर्माण र निजी आवास निर्माणमा छ । भूकम्प गएको २ वर्ष पुग्न लाग्दासमेत जनताका घर बन्न सकेका छैनन् । पहिलो किस्ता राहत वितरणको काम सन्तोषजनक भएपनि अरु काम प्रभावकारी हुन सकेका छैनन् । प्राधिकरणको ध्यान त्यतातिर जाओस्, अब हामीले ढिलाई गर्नु हुँदैन ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved