घट्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 04, 2016 | 09:03:58 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन बिहिबार सुनचांदीको मूल्य घटेको छ। बुधबार तोलामा ५ सयले बढेर तीनवर्ष यताकै महँगो बनेको सुन बिहिबारको कारोबारमा तोलामा ३ सय रुपैयाँले सस्तो भई प्रति तोला ५९ हजार २ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। 

चांदी भने प्रति तोला ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चांदीको मूल्य बुधबारको तुलनामा प्रति तोला १५ रुपैयाँले सस्तो हो। नेपाल सुनचांदी व्यवसायी महासंघले बिहिबारको कारोबारका लागी प्रति १० ग्राम सुनको मूल्य ५० हजार ७ सय ५५ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ५ सय ४० रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ७ सय ७६ रुपैयाँ कायम गरेको छ। 

यस अघी २०७० साल भदौ १२ गते ६३ हजार ३ सय रुपैयाँ पुगेर भदौ २० गतेसम्म कम हुँदै ६० हजार पुगेको थियो।  त्यसपछि बुधवारको कारोबारमा सुनको भाउ बढी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बिजपाटीलाई जानकारी दिए। चाँदीको भाउ समेत  बुधबार दुई वर्ष ९ महिना यताकै महँगो भएको उनको भनाई छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved