सुखा पहिरोले खोला थुनेपछि त्रास, मध्यपहाडी लोकमार्ग अबरुद्द

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2017 | 11:38:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बाग्लुङ्गमा सुखा पहिरोले खोला थुन्दा त्यस क्षेत्रमा त्रास बढेको छ  । बाग्लुङ्गको रिघा ७ को मनेवापाटामा एक्कासी गएको सुख्खा पहिरोले मध्यपहाडी लोकमार्ग खण्ड पुरै अबरुद्ध बनाउनुको साथै दरम खोलालाइ थुनेको हो ।

माथीबाट करिब २०० मिटर लम्बाइ र १५० मिटर चौडाइ भएको सुख्खा पहिरोले दरमखोला थुनेको थियो । करिब २ घण्टा भन्दा बढी थुनिएको दरम अहिले भने ओभरफ्लो भएर बग्न शुरु गरेको छ । पानी बग्न शुरु गरेपछि भने स्थानीयहरुले केही मात्रामा भएपनि राहत महसुश गरेका छन ।

खोलाको किनारमा बस्ती भएका तथा खोलाको छेउछाउमा काम गरिरहेका स्थानीयहरुलाइ त्याहाबाट अन्यत्र जान प्रहरी चौकी खर्बाङ्गले आग्रह गरेको छ । प्रहरीचौकी खर्बाङ्गका प्रमुख प्रनानी भोजराज बानियाका अनुसार हिजोबाट नै माटो खस्न शुरु गरेका थियो भने बिहान ५ बजेको समयमा उक्त भिषण पहिरो गएको थियो । पहिरोले मनकुमारी शाहीको घर जोखिममा पारेको छ । उनलाई प्रहरी उद्धार गरी अन्यत्र सारेको छ ।

पहिरोको कारण मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध    भएको छ । एक्कासी गएको पहिरोले सडक केही दिन सम्म सञ्चालनमा आउने सक्ने स्थिती नभएको प्रनानी बानियाको भनाइ रहेको छ । उनका अनुसार सामान्य उपकरणले उक्त सडक खुलाउन नसकिने भएको कारण ठुला उपकरणहरु आबश्यउक पर्ने र सडक खुल्न एक हप्ताजति लाग्न सक्ने छ । सडक अबरुद्ध हुँदा बुर्तिबाङ्ग–काठमाण्डौको यात्रा शुरु गरेका यात्रुहरु मर्कामा परेका छन भने गाडीहरु खर्बाङ्गमै रोकिएका छन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved