सिप्रदी कार मेला: ३० करोडको कारोबार,आगामी मेला राजधानी बाहिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2016 | 09:02:09 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको नक्साल ब्याङ्क्वेटमा बिगत ४ दिन देखि चलेको  ‘टाटा मोटर्स् कार मेला, सिजन-४’ आइतबार सम्पन्न भएको छ । अन्तिम दिनको साँझमा बिशेष कार्यक्रम गर्दै मेला सम्पन्न भएको हो । असार २७ देखि सुरु भएको मेला सिप्रदी ट्रेडिङ प्रालिले आयोजना गरेको हो। 

पूर्ण पारिवारिक माहोलमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको मेलामा झन्डै ३ हजार भन्दा बढीले अवलोकन गरेको बजार प्रमुख सृजन नेपालले जानकारी दिएका छन।  दशैँ तथा नाडा अटो शोलाई मध्य नजर गरेर हरेक बर्ष झैँ यो बर्षपनि टाटा मोटर्स् कार मेला आयोजना गरिएको हो। 'गाडी खरिद गर्ने निर्णय एक व्यक्तिको मात्र नभई सिंगो परिवारको हुने भएकाले मेलामा पारिवारिक माहोल सहित विभिन्न कार्यक्रमहरु समावेश गरेका हौ' उनले भने।    

मेलामा टाटा पेसेन्जर गाडीहरुको आकर्षक रेन्ज, बिना झन्झट तुरुन्तै गाडी एक्सचेन्ज अफर, सहज फाइनान्स सुविधा उपलब्ध थियो । मेलामा जेस्ट, बोल्टमा अवलोकनकर्ताको आकर्षण बढी रहेको आयोजकले बताएको छ।

मेलामा गेम स्टल एवम् खेल प्रतियोगिताहरु, सांगीतिक कार्यक्रम फुड स्टल, बी-बोइङ, नेल पेन्टिङ, लगायतका विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहेको थियो। यस्ता कार्यक्रमहरुले अवलोकनकर्ताहरुले थप मनोरन्जन प्रदान गरेको आयोजकले जनाएको छ।   

समापन समारोहमा आयोजकले विभिन्न बिजेताहरुको घोषणा भएको थियो।  समापन कार्यक्रममा टाटा मोटर्सका कन्ट्री म्यानेजर हेमन्त पुरामिकले ४ दिनको अवधिमा ९२ गाडी बुक भएको र करिब ३० करोड बराबरको कारोबार भएको जानकारी दिए ।

जितु नेपाल, इन्दिरा जोशी लगायतका कलाकारको प्रस्तुतीले मेलाको रौनक बढाएको बताउदै  अवलोकनकर्ताको लागी निशुल्क नास्ताको व्यबस्थाले मेलालाई झन रोचक बनाएको उनले बताए । उनले आफुहरुले यस अघि इटहरीमा मेला गरिसकेको र अब आगामी महिना बुटवलमा गर्न लागेको बताए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved