बैंकका सञ्चालकलाई एनबीआइद्वारा २ दिने तालिम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2016 | 06:58:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ इन्ष्टीच्युट (एनबीआई)ले ‘डिरेक्टर रिफ्रेसर कोर्ष’ विषयक तालिम प्रदान गरेको छ। एनबीआईले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुलाई साउन २८ र २९ गते उक्त तालिम दिइएको हो। 

सो तालिममा वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरु गरी २७ जनाको सहभागिता रहेको थियो। 

कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभाग राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डे र पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले सञ्चालक समितिको भूमिका र दायित्व, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र बलियो वित्तिय संस्थाको लागि बलियो सञ्चालक समिति विषयहरु प्रस्तुति दिएका थिए।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved