केएल टावरको बिग सेल कार्निभलमा ५० प्रतिशतसम्म छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 20, 2016 | 10:30:36 PM मा प्रकाशित

laxmi  sunrise bank

चाबहिलस्थित केएल टावरमा गत शुक्रबारदेखि सुरु भएको बिग सेल कार्निभलमा अवोलकनर्ताहरुको आर्कषण बढेको छ । नजिकदै गएको चाड पर्वलाई लक्षित गर्दै मलले ५० प्रतिशतसम्मको छुटमा वस्तु तथा सेवा उपलब्ध गराएको छ ।  

मलमा लत्ताकपडा, जुत्ता, चम्पल, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइनुका साथै विभिन्न आर्कषक उपहार समेत जित्न सकिने कानिर्भलका आयोजकले जानकारी दिएका छन् । कार्निभल अवधिभर केएल टावरमा निरन्तर रुपमा विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् ।

मलले सञ्चालन गरेको कार्निभलमा यहि शनिबार प्रवेश शुल्क नलिइकन गायक सबिन राई लगायतले विशेष सांगितिक कार्यक्रम प्रस्तुत गर्दै छन। एक महिनाको अवधिसम्म चल्ने कार्निभलमा विभिन्न सांगितिक कार्यक्रम, फेशन सो, गेम सो, फ्रि नेल आर्ट तथा निःशुल्क फेस पेण्टिङ लगायतका कार्यक्रम निरन्तर संचालन हुने कार्यक्रम संयोजक हिरामणी तिमल्सीनाले जानकारी दिए । ‘भदौ ४ गते शनिबार सबिन राई लगायतका चर्चित गायकहरुको सांगितिक कार्यक्रम रहेको छ । हरेक हप्ता चर्चित कलाकारहरुको प्रस्तुतिलाई निरन्तरता दिंदै उपभोक्तालाई भारी छुटमा उपभोग्य सामान उपलब्ध गराउँछौं’ तिमल्सीनाले बताए ।

उक्त टावरमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, मल्टिप्लेक्स, फूड कोर्ट र बलिङ एण्ड गेम जोन समेत संचालनमा रहेका छन् । साढे दश तले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् । श्रावण २८ गतेबाट संचालनमा आएको सपिङ कार्निभल आगामी भदौ २५ गतेसम्म चल्नेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved