सानिमा बैंकद्वारा भिसा डोमेस्टिक क्रेडिट कार्ड जारी, खरिद रकमको १०% 'रकम फिर्ता' 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 21, 2016 | 11:27:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले आफ्ना ग्राहकहरुको थप सेवा र सुविधाको लागी भिसा डोमेस्टिक क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ। नेपाल तथा भारतका भिसा कार्ड स्वीकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रहरुमा यो कार्ड सहज रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ। 

सिमित अवधिका लागी व्यापारिक केन्द्रहरुमा यो कार्ड प्रयोग गर्दा खरिद रकमको १० प्रतिशत (अधिकतम ५ सय रुपैयाँसम्म) रकम फिर्ता हुने योजना रहेको छ। साथै यो योजना असोज २०७३ सम्म जारी भएका क्रेडिट कार्डले २०७३ कार्तिक मसान्तसम्म व्यापारिक केन्द्रहरुमा गरेका कारोबारहरुमा लागु हुने बैंकले जनाएको छ। यस अघि नै बैंकले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रयोग गर्न सकिने भिसा डोमेस्टिक डेबिट, डलर डेबिट तथा डलर ट्राभल कार्डहरु संचालनमा ल्याइसकेको छ। साथै निकट भविष्यमा डलर क्रेडिट कार्ड जारी गर्ने योजना रहेको बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जानकारी दिएका छन। 

बैंकले हाल आफ्ना सम्पूर्ण शाखाहरु तथा अन्य व्यापारिक स्थानहरु गरी ४७ वटा एटिएम संचालनमा ल्याएको छ। 


 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved