नेपाल लाइफ ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’अवार्डबाट सम्मानित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2016 | 08:03:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट सम्मानित भएको छ। न्यूबिजिनेस एज प्रालिको आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” को अवसरमा कम्पनीलाई सो अवार्डबाट सम्मान गरिएको हो। 

उक्त अवार्ड कम्पनीको तर्फबाट सिइओ विवेक झालाई प्रदान गरिएको छ । इन्स्योरेन्स कम्पनी यो अवार्डबाट सम्मानीत भएको यो तेस्रो पटक हो।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा २४ करोड ४ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। यस अवधिमा कम्पनीको चुक्ता पुंजी  २ अर्ब १६ करोड ७५ लाख रुपैयाँ रहेको छ। त्यस्तै जगेडाकोष रकम २७ करोेड ३६ लाख रुपैयाँ पुगेको छ भने जीवन विमा कोष रकम  ३२ अर्ब १३ करोड ३० लाख रुपैयाँ पुगेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved