आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका ४ विधयेक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम बिधेयक प्रमाणीकरण गरेकी हुन् ।
आज प्रमाणिकरण भएका बिधेयकमा सहकारी विधेयक, २०७४, स्वास्थ्य बीमा विधेयक, २०७४, वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक, २०७४, र प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, २०७४ रहेका छन् ।