३३ किलो सुन प्रकरण : आफै आत्मसमर्पण गर्न आएका एसएसपी श्याम खत्री जेल चलान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2018 | 05:23:04 PM मा प्रकाशित

laxmi  sunrise bank

३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका भनिएका एसएसपी श्याम खत्री जेल चलान भएका छन्  । अदालतमा आफैं उपस्थित भई आत्मसमर्पण गरेका खत्रीलाई मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले थुनामा राख्ने आदेश दिएको हो।

अदालतले आज उनको बयान लिएको थियो।   बयान सकिएसँगै शुरु भएको थुनछेक बहस पछि अदालतले खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

बयान दिँदै एसएसपी खत्रीले विमानस्थलबाट सुन तस्करी हुने गरेको कुरा आफूलाई जानकारीसमेत नभएको बयान दिएका थिए । खत्रीले सुन तस्करीमा आफ्नो संग्लनता नरहेको बताउँदै आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए ।

 सुन तस्करीबारे छानविन गर्न बनेको समितिले काम शुरु गरेपछि खत्री फरार भएका थिए । सुन प्रकरणमा मुछिएपछि उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । यस अघि पक्राउ परेका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ ले बयानमा खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो नेक्सस खुल्ने बताएका थिए  । गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । 




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved