भोटेकोशीमा बाढी, ट्रिपर तथा सामानसहितको कन्टेनर बगायो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 27, 2018 | 04:00:18 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

अविरल वर्षासँगै भोटेकोशी नदीमा आज बिहान आएको बाढीले निर्माण कार्यमा प्रयोग भइरहेको करीब रु ९० लाख मूल्यबराबरका मेशिनरी औजार बगाएको छ । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित नौ किलोमा ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण कार्यमा प्रयोग भइरहेका मेशिनरी सामान बगाएको सशस्त्र सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक हजारीलाल जैसवालले जानकारी दिए । 

आज बिहान ३ बजे आएको बाढीले कम्प्रेशन मेशिन, ड्रिल मेशिन, जेनेरेटर, ट्रिपर तथा सामानसहितको कन्टेनर बगाएको हो । चीनबाट बग्दै आएको सो नदीको बाढीले विगतका वर्षहरुमा पनि नेपालले ठूलो भौतिक तथा मानवीय क्षति व्यहोर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved