यात्रुलाई १२ शिर्षकमा हजार रुपैयाँ जरिवाना तिराउने कानुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 01:39:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सार्वजनिक यातायातमा सवार गर्ने यात्रुले पालना गर्नुपर्ने नियम बनेको छ । उक्त नियम पालना नगर्ने यात्रुको लागी आर्थिक तथा कानुनी सजायको व्यवस्था समेत रहेको छ ।

काठमाडौँ महानगरपालिकाले यातायातमा सर्बसाधरणको सहज र सुविधाजनक पहुँच सुनिश्चित गर्ने उद्देश्यले सवारी तथा यातायात ब्यबस्थापन बिधेयक २०७५ जारि गरेको छ । महानगरले यस ऐन अन्तर्गत यात्रुले पालना गर्नुपर्ने नियमबारे व्यवस्था गरेको हो । ऐनमा केहि संसोधन गरी महानगरले पारित गरेको छ । 

सार्बजनिक यातायात सन्चालन गर्ने कम्पनी, चालक, सह चालक , यात्रुले निर्वाह गर्नुपर्ने दायित्व, कसुर बमोजिमको सजाय बारे उक्त ऐनमा ब्यबस्था छ । 

ऐनमा सार्वजनिक यातायातमा यात्रुहरुले अनिवार्य रुपमा टिकट लिनुपर्ने , कागजी टिकटलाई विद्युतिय टिकटले बिस्थापन गर्नुपर्ने , बालबालिका, अपाङग, जेष्ठ नागरिकलाइ परिचय पत्रको आधारमा सहुलियत उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । साथै तोकिएको स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने, चालक र सह चालकले सवारि चलाउँदा अनिवार्य पोशाक लगाउनुपर्ने उल्लेख छ । ऐन अनुरुप यातायातमा सवार यात्रुले गुनासो गर्न पाउने ब्यबस्था गर्ने , प्राथमिक उपचार सामग्री, फोहोर फाल्ने भाँडो, अग्नि नियन्त्रक उपकरण अनिवार्य रुपमा राख्नुपर्ने छ । यदि तोकिएको नियम पालना नगरे कसुर अनुसार १ हजार रुपैयाँ तथा कानुनि कारवाहि गरिनेछ ।

कसरि हुन्छ कारवाहि ?

महानगरले सबै वार्डका जनप्रतिनिधि, महानगरिय ट्राफिक प्रहरीको आधिकारिक ब्यक्ती , सार्वजनिक यातायात सेवा प्रदायक संस्थाको प्रतिनिधि उपभोक्ता हित संरक्षण संस्थाको प्रतिनिधि सम्मिलित अनुगमन समिति बनाउनेछ । उक्त समितिले कसुर अनुसार कारबाही गर्नेछ । कारबाहीको प्रक्रिया ब्यबस्थित बनाउन सवारी साधनमा सिसि क्यामरा जडान गरिनेछ । 

महानगरले यस कार्यलाइ कसरि ब्यबस्थित बनाउने भन्ने बिषयमा छलफल गरिरहेको छ । सार्बजनिक यातायातमा हुने यस किसिमका गतिबिधि रोक्नको लागि यो ऐन बनाइएको महानगरका प्रवक्ता र्इश्वरमान डंगोलले जानकारी दिएका छन् ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved