नेकपा सरकार लक्ष्य भेट्टाउन असफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 05:25:21 PM मा प्रकाशित

laxmi  sunrise bank
केन्द्रिय तथ्याङक विभागले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत मात्र हुने प्रतिवेदन प्रकाशित गरेको छ । सरकाले बजेट सार्वजनीक गर्दा ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएकोमा त्यसलाई संशोधन गर्दै ७ प्रतिशत माथिको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । तर केन्द्रिय तथ्याङक विभागले भने सरकारको लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने प्रतिवेदन प्रकाशित गरेको हो ।

गत आर्थिक वर्षमा ६.३ प्रतिशत र आर्थिक वर्ष २०७३÷७४ मा ७.७४ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको उल्लेख गरेको छ । विभागले शुक्रबार प्रकाशित गरेको तथ्याङकमा नेपालको अर्थतन्त्रकोे आकार आर्थिक वर्षको अन्त्यमा आधार मूल्यअनुसार २९ खर्ब २१ अर्ब रूपैयाँको हुने प्रक्षेपण गरेको छ । 

प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर बाट बढेर १०३४ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । नेपाल रुपैयाँमा भने प्रतिव्यक्ति आय १ लाख १७ हजार ४ सय ५५ रुपैयाँ पुग्ने तथ्याङक विभागको अनुमान छ । यसअघि अन्तराष्ट्रिय मुद्रा कोष (आइएएफ)ले नेपालको आर्थिक वृद्धि ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । चालू वर्षमा कृषि क्षेत्रको आर्थिक वृद्धि ५.०३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ७.४८ प्रतिशत हुने अनुमान  तथ्याङक विभागले गरेको छ । 

हेर्नुस पूर्णपाठ : 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved