१५ औं योजनाको मस्यौदामा प्रधानमन्त्री ओली असन्तुष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 06:28:19 PM मा प्रकाशित

laxmi  sunrise bank

केपी शर्मा ओलीले अबको ३ वर्षमा देशको गरिबी निवारण गर्ने बताएका छन् । राष्ट्रिया योजना आयोगको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२५ सम्ममा नभई अबको ३ बर्षमा गरिबी निवारण गर्ने बताएका हुन् । योजना आयोगले तयार परोको १५ औं मस्यौदामा केहि मेहेनत गर्दा हाँसिल गर्न सकिने लक्ष्य पनि नसमेटीएको भन्दै असन्तुष्टी ब्यक्त गरे । महत्वकाँक्षी लक्ष्य नलिए विकास सम्भव नहुने भन्दै मेहेनत गरेर सम्भव हुने आकाँक्षा लिनुपर्ने उल्लेख गरे ।  एनजिओहरुले गरिवि निवारण गछु भन्दै हट्ने र गरिविका नामका विभिन्न गोष्टी आयोजना गरेर पैसा सक्ने दिन अब सकिने भन्दै अब गरिवको खाने लाउने अधिकारको जिम्मा सरकारले लिने उनले बताए ।  

त्यस्तै प्रधानमन्त्री ओलीले आगामी बर्ष नै दोहोरो अंकको आर्थिक बृद्धिदर हाँसिल गर्ने बताएका छन । अहिले कानुन बनाउने तथा लगानीको वातावरण बनाउने संघियता कार्यन्वन लगायतका उल्झन हुँदा पनि ७ प्रतिशत वृद्धि हासिल रहेको स्मरण गराउदै प्रधानमन्त्री ओलीले कुनै वाधा नहुँदा दोहोरो अंकको वृद्धि हाँसिल गर्न सकिने बताएका हुन् । यद्यपि उनले दोहोरो आर्थिक वृद्धि हाँसिल गर्न केहि चुनौती रहेको बताए । प्रधानमन्त्रीले लगानी सम्मेलनबाट २४÷२५ खर्बको मात्र लगानी प्रतिवद्धता आएको नभई थप प्रतिबद्धता आउने बाँकि रहेको बताए । भारतमा अहिले चुनाव भइरहेको र चुनाव पछि भारतिय सरकारले नेपालमा लगानीको थप कोषण गर्न बाँकि नै रहेको भन्दै लगानी समेलनको लगानी प्रतिवद्धता अझै आउने उनले बताए । त्यस्तै चिनले नेपाल सरकारको समृद्ध नेपाल सुखि नेपाली अभियानलाई सहयोग गर्ने प्रतिवद्धता गरेको प्रधानमन्त्री आलीले उल्लेख गरे ।  

नेपालमा कृषिको उत्पादन वृद्धिको सम्भावना धेरै रहेको भन्दै जमिनको हतबन्त्रीको विषया चचिलो हुदै कृषिको उत्पादन वृद्धिमा लाग्नुपनर्मेा उनले जोड दिए । अहिले धेरै यूवा गाउँमा फर्केर ब्यवसायमा लागिसकेको र गाउँमा उत्साह बढ्दै गएको उनको धारण छ । केहि विकास विरोधिहरुले साना सान निहुमा मुदा मामिला गर्दा विकासमा अवरोध पुने गरेको भन्दै अब त्यस्ता तत्वहरुले सक्रिय हुने अवसर नपाउने उनले उल्लृख गरे । 

नेपाल सिमेन्टमा आत्मनिर्भर मात्र नभएर निर्यात गर्न अवस्थामा पुग्न लागेको ओलीले बताए । नेपालमा सिमेन्ट निर्यातको ठुलो सम्भावना रहेको भन्दै त्यसलाई अवसरको रुपा सदुयोग र्गुपर्ने उनको भनाइ छ । भारतमा पनि सिमन्ट आवश्यक पवर्ने र बंगलादेशमा सिमेन्ट उत्पादन न्यून मात्र हुने हुँदा झनै आवाश्यक रहेकानेले नेपालमा सिमेन्टको सम्भावना अत्याधिक रहेको ओलीले उल्लेख गरे । 

नेपालमा एउटै ठेकेदारलाई ४०÷५० वटा सम्म विकास आयोजनाको जिम्मा लगाउने गरेको तर ठेकेदारले धैरै वटा आयोजनाको जिम्मा लिदाँ विभिन्न समस्याका कारण समयमै आयाजना नसक्ने प्रवितिले गर्दा विकासमा अवरोध पुगेको  बताए । अब यसमा ध्यान दिँदै कुन ठेकेदारको क्षमता कति हो भनेर अध्यन  गरेर तयहि अनुसारको ठेक्का दिनुपर्ने बताए । 

योजना आयोगको पुर्ण बैठकले बैठकले आयोगको १५ औ योजनालाई स्वीकृतिको लागि मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ ।   


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved