बुधबार देशभर सार्बजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 06:23:03 PM मा प्रकाशित

laxmi  sunrise bank
सरकारले बुधबार देशभर सार्बजनिक विदा दिएको छ । हरेक बर्ष मे महिनाको १ तारिखको दिन मनाइने अन्तर्राष्ट्रिय मजुदर दिवसको लागि सरकार विदा दिएको हो । 

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ । नेपालमा विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दे मे १ मनाउने गरेका छन ।
 
१७औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो । नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ। तर यस दिनलाई विसं २०६४ बाट मात्र आधिकारिक विदाको रूपमा घोषणा गरिएको हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved