नीति तथा कार्यक्रम आज, विगतको अभ्यास तोडिदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 08:31:28 AM मा प्रकाशित

laxmi  sunrise bank

यस बर्षको नीति तथा कार्यक्रम आज बैशाख २० गते पेश हुदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने तयारी भएको हो ।  

 यो पटक प्रिबजेट छलफल अघि नै नीति तथा कार्यक्रम पेश हुने भएको हो। यस अघि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुनुअघि अर्थमन्त्रीले बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने प्रचलन थियो । त्यसपछिको  छलफलमा भाग लिँदै सांसदहरुले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने र प्राथमिकतामा राख्नुपर्ने विषयमा आफ्ना सुझाव दिने गरेका थिए । तर यो पटक भने सिधै नीति तथा कार्यक्रम पेश हुने भएको हो। यस प्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ ।

नीति तथा कार्यक्रमका आधारमा सरकारले बजेट तयार गरी जेठ १५ गते सार्बजनिक गर्ने छ । बजेट अधिबेशनको पहिलो बैठक वैशाख १६ गते बसेको थियो   


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved