नयाँ पेट्रोल पम्पको लागि आवेदन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 03:41:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प सञ्चालनका लागि आवेदन खुला गरेको छ । यातायातको पहुँच संगै सवारि साधनको संख्या  बृद्धि भएको कारणले पेट्रोलियम पदार्थको बिक्रिमा प्रतिश्पर्धा बढाउन तथा सेवालााइ सर्वसुलभ बनाउन निगमले नयाँ आवेदन खोलेको हो । नेपाल आयल निगम लिमिटेडको बिक्रेता बिनियमावलि २०७५ को परिच्छेद २ बिनियम ४ बमोजिम आबेदन खुला गरिएको हो । 

निगमले पम्पलार्इ साधारण पेट्रोल पम्प र नमुना पेट्रोल पम्प गरि दुइ भागमा बिभाजन गरेको छ । साधारण पेट«ोल पम्पको लागि आवेदन खुलाउनुपर्ने भएपनि नमुना पेट्रोल पम्प कुनैपनि बेला सन्चालन गर्नसकिने ब्यबस्था नियमावलिमा रहेको छ । 

के छ मापदण्ड ?

नयाँ पम्प सन्चालनको लागि नयाँ मापदण्ड तोकिएको छ । साधरण पम्प सँचालन गर्न पुर्व पश्चिम राजमार्गमा १० कठ्ठा जमिन हुनु पर्ने तथा राजमार्गमा मोहडा कम्तीमा ५० मिटर हुनुपर्नेछ ।  

सहायक तथा व्यापारिक सडकमा आठ कठ्ठा जमिन हुनुपर्ने तथा सडकतर्फको मोहडा ३४ मिटर  हुनुपर्नेछ । 

सहायक तथा जिल्ला सडकहरूमा कम्तीमा दुई रोपनी छ आना जमिन हुनुपर्नेछ सडकतर्फको मोहडा कम्तीमा २५ मिटर हुनुपर्नेछ ।  

साधारण बिक्रेता र पेट्रोल बिक्रेता बिचको बिक्रिस्थलको दुरि करिब  तिन सय मिटर परिधि बाहिर हुनुपर्नेछ । 

पूर्वपश्चिम राजमार्गमा पाँच सय मिटरको परिधि बाहिर हुनुपर्नेछ । प्याक्ड बिक्रेताको हकमा नमुना पम्प बिक्रेता, साधारण बिक्रेता , पेट्रोल बिक्रेता वा मट्टितेल बिक्रेताको बिक्रिस्थल ५ किमि दुरिको परिधि बाहिर हुनुपर्नेछ । नमुना पम्पको हकमा भने बिक्रेताको दुरि १० किमि हुनुपर्नेछ । 

बिक्रेताको प्रस्तावित बिक्रिस्थल नेपालको अन्तराष्ट्रिय सिमाबाट करिब २ किमिको सडक दुरिभन्दा पर हुनुपर्नेछ । 

आबेदनको आधारमाा बिक्रेताको नियुक्ति ६ महिनाभित्र गरिसक्ने  निगमको तयारि छ । आबेदनको लागि निवेदन शुल्क रु ५० हजार राखिएको छ । निवेदन निगमको प्रादेशिक कार्यालयमार्फत पेश गर्न सकिनेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved